३० जेठ २०८३, शनिबार

१५ रोचक तथ्य जुन तपाईँलाई थाहा नहुन सक्छ

बैशाख १२, २०७६
१५ रोचक तथ्य जुन तपाईँलाई थाहा नहुन सक्छ

  
१. ब्राजिलको कारागारमा कैदीहरूले किताब पढेर त्यसको प्रतिवेदन बुझाएमा चार दिनको सजाय कम गरिन्छ ।

२. जापानको जन्मदर असाध्यै कम भएकाले बच्चाको डाइपरभन्दा बढी बुढा मान्छेको डाइपर बिक्छन् ।

३. टाइम (TIME) म्यागजिनको खास पूरा रूप The International Magazine of Events हो । धेरैलाई टाइम अर्थात् समय होला पत्रिकाको नाम भन्ने भ्रम छ ।

४. ह्वाइट हाउसमा राष्ट्रपतिले सित्तैमा बस्न पाउँदैनन् । प्रत्येक महिना उनले खाना, पानी र अन्य खुद्राखाद्रीको महसुल बुझाउनुपर्छ ।

५. मध्य अमेरिकामा रहेको पानामा नहर बनाउने क्रममा दुर्घटना र स्वास्थ्य समस्याका कारण पाँच हजारजना भन्दा बढीको मृत्यु भयो ।

६. रोमनहरू दाँत चम्काउनका लागि पिसाबको प्रयोग गर्थे ।

७. संसारमा १० करोड मानिसको रातो कपाल छ ।

८. अमेरिकामा आठमध्ये एक मानिस म्याकडोनाल्डमा काम गर्छ ।

९. इन्टरनेटमा भएका ३७ प्रतिशत वेबसाइट पोर्न हुन् ।

१०. संसारका ५ करोड मानिस जतिखेर पनि नशामा झुम भएका हुन्छन् ।

११. दुई करोड अमेरिकीले कहिल्यै पनि ननुहाएको दाबी गरे ।

१२. देब्रे हातले लेख्ने मान्छे दाहिनेले लेख्नेको तुलनामा तीन वर्षअगाडि मर्छन् ।

१३. इजिप्टको पिरामिडमा काम गर्ने मजदुरलाई पारिश्रमिकका रूपमा प्रतिदिन चार लिटर बीयर खान दिइन्थ्यो ।

१४. कुनै पनि फुटबल म्याचको अहिलेसम्मको ठूलो स्कोर १४९—० हो । सन् २००२ मा माडागास्करको टिम एएस अडेमाले स्तादे ओलम्पिक दे लमर्नेलाई त्यो अन्तरले हराएको थियो ।

१५. संसारको सबभन्दा ठूलो सपिङ मल चीनको दोङगुआनमा रहेको न्यु साउथ चाइना मल हो । यसको ९९ प्रतिशत भाग खाली छ । त्यसैले यसलाई मरेको मल (डेड मल) पनि भनिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्