०३ असार २०८३, बुधबार

भिरबाट खसेर आमाछोराको मृत्यु, करेन्ट लागेर अर्का एकको मृत्यु

बैशाख १२, २०७६
भिरबाट खसेर आमाछोराको मृत्यु, करेन्ट लागेर अर्का एकको मृत्यु

    जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका– ७ ताँम्तीमा भिरबाट खसेर आमाछोराको मृत्यु भएको छ । गाई चराउन गएका बेला भिरबाट खसेर उनीहरुको मृत्युु भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । 

    मृत्यु हुनेमा तातोपानी– ७ ताँम्तीका ३२ वर्षीया लक्ष्मी रावत र एक वर्षीय छोरा सुभास रहेका छन् । ताँम्तीको चेत्ता भिरबाट खस्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो । 

    यस्तै करेन्ट लागेर चन्दननाथ नगरपालिका– ८ का २२ वर्षीय मानबहादुर रोकायाको मृत्यु भएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्