२२ जेठ २०८३, शुक्रबार

भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी : आकाश पनि ५७ मिनेट खाली गराइयो

बैशाख १३, २०७६
भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी : आकाश पनि ५७ मिनेट खाली गराइयो

 काठमाडौं-राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् । 

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नुपर्‍यो । 

राष्ट्रपतिको सम्मानका नाममा उनको सवारी हुँदा सडक र विमानस्थल खाली गराउन थालेपछि गणतन्त्र नै बदनाम बन्न थालेको नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्