काठमाडौं- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहारी गायिका पूर्णकला बिसीले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका छन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै गायक–गायिकाले ‘रंगशाला बन्छ नेपालीको’ बोलको क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।
देशको गौरवको परियोजना नेपालीले नै सफल बनाउनुपर्ने जस्ता भाव गीतले बोकेको छ । भिडियोमा धुर्मुस–सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरिएको छ ।
खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्री पंगेनी बताउँछन् ।
गीतको भिडियो धुर्मुस–सुन्तलीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।