०८ साउन २०८३, शुक्रबार

टेबुल फ्यानमा जोडिएको तार छुटेर करेन्ट लाग्दा बालिकाको मृत्यु

बैशाख १३, २०७६
टेबुल फ्यानमा जोडिएको तार छुटेर करेन्ट लाग्दा बालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ ।

टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएका छन् । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्