२८ जेठ २०८३, बिहीबार

एनआईसी एसिया बैंकले सञ्चालनमा ल्यायो पाँच नयाँ शाखा

बैशाख १३, २०७६
एनआईसी एसिया बैंकले सञ्चालनमा ल्यायो पाँच नयाँ शाखा

काठमाडौं :ग्रामीण तथा दुर्गम स्थानहरूमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा कार्यालयहरू मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुरस्थित पुरानो थिमी शाखाको सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर प्रजापति, कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित गोठाटार शाखाको कृष्णहरि थापाज्यू, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोही वडाका वडा अध्यक्ष कमलनाथ आचार्यज्यू, चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगलचोक शाखाको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी तथा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।  करीब १५ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्