
काठमाडौं – शुक्रवार काठमाडौं महानगरपालिका कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले एक समारोहका विच कालिमाटी शाखा एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।
बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषि तथा फलफूल व्यवसायीसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आप्mनो एक्स्टेन्सन काउन्टर खोली सञ्चालनमा ल्याएको हो ।
कृषि क्षेत्रको विकास तथा कृषि व्यवसायमा संलग्न भई विपन्न आर्थिक जिवन व्यतित गरिरहेका कृषकको आर्थिकस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको छ । यस अन्तर्गत बैंकले अन्नवाली, तरकारी बाली, चिया कफी, फलपूmल तथा पुष्प खेती, पशुपालन पशु बधशाला, माहुरी पालन, सिँचाइ, माछापालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको छ ।
शुक्रवारदेखि सञ्चालनमा आएको बैंकको कालिमाटी एक्स्टेन्सन काउन्टरबाट कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलपूmल व्यवसायीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।