२४ असार २०८३, बुधबार

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा उद्घाटन

बैशाख १३, २०७६
एनआईसी एशिया बैंकको ३ नयाँ शाखा उद्घाटन

काठमाडौं – ग्रामीण तथा दुर्गम स्थानमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरी ३ नयाँ शाखा कार्यालयको शनिवार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–५ भक्तपुरस्थित राधेराधे शाखा कार्यालयको वडाध्यक्ष अमृत मान श्रेष्ठबाट, चागँुनारायण नगरपालिका–२ दुवाकोट, भक्तपुरस्थित दुवाकोट शाखाको सोहि वडाका वडाध्यक्ष शिव हरि केसीबाट तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका–४ पर्सास्थित जगरनाथपुुुर शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट समारोहबीच उद्घाटन सम्पन्न भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्