२८ जेठ २०८३, बिहीबार

नेपालीको प्रतिव्यक्ति आय १ हजार ३४ डलर

बैशाख १३, २०७६
नेपालीको प्रतिव्यक्ति आय १ हजार ३४ डलर

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ३० डलरले बढ्ने प्रक्ष्येपण गरिएको छ । केन्द्रिय तथ्याङ्क विभागले गरेको प्रक्ष्येपण अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर पुग्ने भएको हो । गत आर्थिक वर्ष २०७४÷०७५को आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर रहेको छ । ‘आर्थिक वर्ष २०७५÷०७६को राष्ट्रिय लेखा तथ्याङ्क’ शुक्रवार सार्वजनिक गर्दै तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा क्षेत्रगत योगदान, रोजगारीको अवस्था लगायतका सुचक सार्वजनिक गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्