२८ जेठ २०८३, बिहीबार

बाल विवाह गर्ने तथा गराउने कार्यमा संलग्न पक्राउ, काठ तस्कर पनि समातिए

बैशाख १३, २०७६
बाल विवाह गर्ने तथा गराउने कार्यमा संलग्न पक्राउ, काठ तस्कर पनि समातिए

धनुषा-जनकपुरउपमहानगरपालिका-१० स्थित रामजानकी विवाह मण्डपबाट वालविवाह गर्न लागिरहेकोअवस्थामा वेहुलीको बाबु लगायत ५ जनालाई बुधवार साँझ प्रहरीले पक्राउगरेको छ ।
सिरहा बरियारपट्टी गाउँपालिका-५हरिपुर टोल बस्ने ५० वर्षीय जिवेन्द्र नारायण यादवले सिरहा औरही गाउँपालिका-३खजनपुर टोल वस्ने १९ वर्षीयाकिशोरी सँग विवाह गर्न लागेकोभन्ने सूचना प्रहरी चौकी जनकपुरधाम, धनुषामा प्राप्त भए पश्चात 
सोही चौकीबाटखटिएको प्रहरी टोलीले वेहुलीको बाबु लगायत विवाह गर्न लागेका जिवेन्द्र नारायण सहित विवाह गराउने कार्यमा संलग्न दुवै पक्षका ५ जनालाईपक्राउ गरेको हो ।
यस्तै गणेशमानचारनाथ नगरपालिका-५चिसापानीबाटसिन्धुली नगरपालिका-१ का २५ बर्षीय किरण धामीलाईअवैध सालको चौकस २७थान सहित बुधबार साँझ प्रहरीलेपक्राउ गरेको छ ।

सोही ठाउँस्थित सिन्धुली गोदार भित्री सडकमा प्रहरी चौकीचिसापानी, धनुषाबाट खटिएको प्रहरी टोलीले सिन्धुलीबाट धनुषातर्फजाँदै गरेको ना.५ त.९५०१ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा उक्त परिमाणको सालको चौकस सहित फेला पारीचालक धामीलाईपक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्