२२ जेठ २०८३, शुक्रबार

शरीरका यी भागमा छर्कनुहोस् परफ्यूम, धेरै बेरसम्म बासना आउनेछ

बैशाख १४, २०७६
शरीरका यी भागमा छर्कनुहोस् परफ्यूम, धेरै बेरसम्म बासना आउनेछ

धेरै मानिसको गुनासो हुन्छ कि महंगो भन्दा महंगो परफ्यूम किनेर प्रयोग गर्दा पनि शरीरमा बासना (सुगन्ध) धेरै बेरसम्म टिक्दैन । गुनासो त राम्रै हो, तर महंगो परफ्यूमले मात्रै बासना टिकाउने ग्यारेन्टी भने दिँदैन । 

परफ्युमको बासना धेरै समयसम्म टिकाउनका लागि त हामीले विशेष उपाय अपनाउनुपर्ने हुन्छ । त्यस्तो उपाय हो, शरीरका केही निश्चित भागमा अनिवार्य परफ्युम छर्कने । 


आउनुहोस्, आज हामीले शरीरका कुन कुन भागमा परफ्यूम छर्कदा धेरै समयसम्म बासना आउँछ भनेर केही जानकारी लिएर आएका छौं । जो निम्नानुसार छ, 

नाभि (नाइटो)

नाभि शरीरको तातो हिस्सामध्ये एक हो । यसरकारण यदि तपाईंले नाभिमा परफ्यूम लगाउनुभयो भने धेरै बेरसम्म बासना आउँछ । अमेरिकाकी टेलिभिजन अभिनेत्री लिव टाइलर भन्छिन् कि, उनी पनि दैनिक रुपमा नाभिमा परफ्यूम छर्किने गर्छिन् । नाभिमा परफ्यूम लगाउँदा ध्यान दिनुपर्ने कुरा पनि छन्, तपाईंले छर्केको परफ्यूम नाभिको धेरै भित्री भागसम्म जानु राम्रो हुँदैन । 

कपाल

तपाईंलाई मनपर्ने परफ्यूम थोरै मात्रामा कपालमा पनि छर्किने गर्नुहोस्् । परफ्यूम टाउकोको छालासम्म पुग्नु पर्ने हुन्छ । यस्तो गर्नाले तपाईंले लगाएको परफ्यूमको बासना लामो समयसम्म रहिरहन्छ । 

कानको पछाडि

कानको पछाडि हात लगेर छाम्नुहोस् । त्यहाँ जुन नशा छन् त्यससँग जोडिएको छालमा परफ्यूम छर्किनुहोस् । यसले पनि तपाईंले छर्केको परफ्यूमको बासनालाई धेरै बेरसम्म बचाएर राख्ने छ । 

कुहिनामा 

तपाईंले पक्कै पनि आफ्नो कुहिनामा पसिना आएको दुख्नुभएको होला । यदि तपाईंले पसिना आउने त्यो कुहिनामा परफ्युम लगाउनुभयो भने त्यसले तपाईंको शरीरको सुगन्ध बढाउने छ । र परफ्यूमको सुगन्धलाई लामो समयसम्म बचाएर राख्ने छ । 

घुँडाको पछाडि

कुहिनामा जस्तै घुँडाको तल्लो हिस्सा (पछाडि) पनि पसिना आउँछ । यदि तपाईंले यहाँ परफ्यूम छर्किनुभयो भने यसले तपाईंको शरीरलाई बासनायुक्त बनाउने छ । 

salt training

कमेन्ट गर्नुहोस्