
काठमाडौं– करीब १५ वर्षपछि नेपाल वायुसेवा निगमले नेपाल वायुसेवा निगमले फेरि जापानमा उडान सुरु गर्ने भएको छ ।
जापान उडानको सम्पूर्ण उडान प्रक्रिया सुरु भएसँगै निगमले आगामी असार १९ गतेदेखि उडान गर्ने भएको हो ।
उडानका लागि जापानको नागरिक उड्ययन ब्यूरोले हालै अन्तिम स्वीकृति दिएपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार निगमको जहाजले पहिले ओसाकामा उडान गर्नेछ । निगमका अनुसार सातामा मंगलबार विहीबार र शनिबार तरी तीन उठान हुनेछ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।