

घुँडाले शरीरको सम्पूर्ण भाग थाम्ने हुँदा घुँडामा बढी बल पर्ने गर्छ । त्यसैले घुँडा स्वस्थ हुनु जरुरी छ । कमजोर घुँडाका कारण हिँडडुल गर्न समेत समस्या पर्छ । घुँडा स्वस्थ राख्नको लागि शारीरिक व्यायामको आवश्यकता रहन्छ ।
थाहा पाउनुस् यी ७ तरिकाबाट घुँडालाई स्वस्थ राख्न सकिन्छ ।
समतल जमिनमा हिँड्नु घुँडा दुख्ने समस्या छ भने उबडखाबड जमिनमा हिँड्नु हुँदैन यसले तपाइँको खुट्टाको सन्तुलन बिग्रन जान्छ र घुँडामा असर पर्छ । त्यसैले हिँड्दा समतल जमिनमा वा सडकपेटीका समतल भागबाट हिँड्नु आवश्यक छ ।
सिँढी चढ्दा बिस्तारै हिँड्नु सिँढी उक्लिँदा खेरि छिटो छिटो र उफ्रिँदै जाने बानी गर्नुहुँदैन । यसो गर्दा घुँडामा अतिरिक्त दबाब पर्दछ । यदि शरीरको तौल भारी छ भने छिटो सिँढी उक्लिनु हानीप्रद हुन्छ ।
साइकल चलाउने समय साइकल चलाउँदा शारीरिक ब्यायाम अत्याधिक हुने गर्छ । तर साइकल चलाउँदा पाइडलमा खुट्टा राख्दा घुँडालाई सीधा बनाउनुपर्छ । यसको लागि साइकलको सीट अग्लो बनाउनुपर्छ ।
रक्षात्मक कवच लगाउनु खेल खेल्दा चोटपटक लाग्न सम्भावना हुन्छ त्यसैले घुँडामा रक्षात्मक कवच लगाउनुपर्छ । जसलेगर्दा घुँडामा चोट लागेपनि कवचबाट बचाउँछ ।
ब्यायाम गर्दा खुट्टा सीधा पार्नु ब्यायाम गर्दा वा धेरै हिँड्दा घुँडामाथि मांसपेशी धेरै दुख्ने गर्छ । यसैले ब्यायाम गर्दा वा हिँड्दा खुट्टा सीधा गरेर हिँड्नुपर्छ । जसले घुँडालाई मजबुत राख्न मद्दत गर्छ ।
धेरैबेरसम्म एकैठाउँमा बसिरहनु हुँदैन यताउति हिँड्डुल गर्दै गर्नुपर्छ । धेरैबेरसम्म एकैठाउँमा बसिराख्दा घुँडा जाम भएर निष्क्रिय हुनपुग्छ र दुख्ने समस्या हुनसक्छ ।
घुँडालाई मोडेर ब्यायाम गर्नुहुँदैन घुँडाको व्यायाम गर्नुपर्छ तर अत्याधिक घुँडा मोडेर शारीरिक कसरत गर्नुहुँदैन यसले घुँडा दुख्ने समस्या रहन्छ । बस्दा वा उठ्दा पनि घुँडालाई ९० डिग्रीभन्दा मोड्नु हुँदैन । धेरै मोड्दा मांसपेशीलाई असर पर्दछ । एजेन्सी