काठमाडौं– आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ ।
पेट्रोलपम्प सञ्चालनसम्बन्धी विक्रेता विनियामवली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको हो । हाल देशभर १ हजार ४८० पम्प रहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।