२६ असार २०८३, शुक्रबार

गुल्मीमा झाडापखालाबाट एक बालकको मृत्यु

बैशाख १५, २०७६
गुल्मीमा झाडापखालाबाट एक बालकको मृत्यु
सांकेतिक तस्वीर

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका- ४ दजाकोटमा दुषित पानीका कारण गएको आइतवारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ ।

झाडापखालाबाट ज्यान जानेमा स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजाली रहेको प्रहरीले जनाएको छ ।

झाडापखालाबाट मृतकको हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरूको अहिले गुल्मी तम्घासमा उपचार भइरहेको छ । दजाकोट गाँउमा झाडापखालाको प्रकोपबाट आइतवार बिहानसम्म बिरामी हुनेको संख्या १ सय ८५ भन्दा माथि पुगेको प्रभावित क्षेत्रमा शिविरमा उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढाल बहादुर जिसीले बताए ।

झाडापखाला नियन्त्रण भन्दा बाहिर रहेको छ भने बिरामीको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्