१८ असार २०८३, बिहीबार

फेशन र्‍याम्पमै ढलेर ब्राजिली मोडलको मृत्यु

बैशाख १५, २०७६
फेशन र्‍याम्पमै ढलेर ब्राजिली मोडलको मृत्यु

काठमाडौं – ब्राजिलको साओ पाउलो फेशन वीकको अन्तिम दिन शनिवार क्याटवाक गर्ने क्रममा लडेका एक ब्राजिली मोडलको मृत्यु भएको आयोजकहरूले जनाएका छन् । 

टालेस सोआरेस नाम गरेका पुरुष मोडल ओक्सा शो चल्दै गर्दा अचानक बिरामी परेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । 

फेशन र्‍याम्पबाट हिँड्दै गर्दा २६ वर्षीय मोडल ढलेका थिए । चिकित्साकर्मीहरू तत्कालै उनीकहाँ पुगेको अनि दर्शकहरू मोडल ढलेको दृश्यबाट स्तब्ध भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

सोआरेजलाई तत्कालै अस्पताल लगिएको थियो र त्यहाँ नै उनको मृत्यु घोषणा गरियो । 

ओक्सा ब्रान्डले टालेस सोआरेसको परिवारप्रति समवेदना प्रकट गर्दै आफूहरू घटनाबाट स्तब्ध भएको जनाएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्