२८ असार २०८३, आइतबार

सीके राउत नेतृत्वको जनमत पार्टीको दल दर्ता प्रक्रिया शुरू, आयोगमा निवेदन दर्ता

बैशाख १५, २०७६
सीके राउत नेतृत्वको जनमत पार्टीको दल दर्ता प्रक्रिया शुरू,  आयोगमा निवेदन दर्ता

जनकपुरधाम- जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष सीके राउत सहित केन्द्रीय कमिटीका ३५ जना  सदस्य पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् ।

जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आइतवार साढे ३ बजेको समयमा आयोगको कार्यालयमा निवेदन दर्ता गरिएको हो ।

आयोगले दल दर्ताका लागि मागेको ५ सय जना नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित नामावली बुझाइएको सिंहले बताए ।

दल दर्ताका लागि प्रक्रिया शुरू भएकाले आयोगले छानबिन गरेर दल दर्ताको प्रमाण पत्र दिनेछन् । औपचारिक रुपले आवश्यक पर्ने सबै कागजात समेत बुझाइएको सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्