१४ असार २०८३, आइतबार

उपप्रधानमन्त्री पोखरेलले गरे लिङ्गेश्वरको अवलोकन

बैशाख १५, २०७६
उपप्रधानमन्त्री पोखरेलले गरे लिङ्गेश्वरको अवलोकन
फाइल फोटो

कञ्चनपुर- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज बेदकोट नगरपालिकामा रहेको पर्यटकीय लिङ्गेश्वर क्षेत्रको अवलोकन गरेका छन् ।

लिङ्गेश्वर क्षेत्रको अवलोकन गर्दै उनले यस क्षेत्रले पर्यटकीय रुपमा फड्को मार्ने बताए ।

उनले भौतिक पूर्वाधार र सडकको अवस्थामा सुधार ल्याउनुपर्नेमा पनि जोड दिए ।

उनले सुन्दर रमणीय क्षेत्र भएकाले यसको प्रचारप्रसारमा खटन जनप्रतिनिधिलाई आग्रह गरे ।

पर्यटकीय क्षेत्रको विकास लागि पर्यटन विज्ञको सल्लाह लिई योजना बनाइ जनसहभागितामा बढाउनुपर्नेमा उनले जोड दिए ।

'लिङ्गेश्वर क्षेत्र जाँदा बाटोमा ठूला ढुङ्गामा सुन्दर ढङ्गले समृद्ध बेदकोट नगरपालिका लेखेको देखे,' उनले भने, 'समृद्ध बनाउनका लागि योजनासहित आजदेखिनै संकल्प गरौँ र जुटौँ ।'

salt training

कमेन्ट गर्नुहोस्