
सुरुङ्गा – पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा सोमवार बिहान भएको सवारी दुर्घटनामा परी १ व्यक्तिको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ज २०५९ नम्बरको जीपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।