×

NMB BANK
NIC ASIA

काठमाडौं – जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत सिँचाइका ४१ वटा आयोजनालाई रुग्ण घोषणा गरेको छ ।

Muktinath Bank

ठेक्का सम्झौताअनुसार २०७४ सालभित्र सम्पन्न हुनुपर्ने तर सम्पन्न नभएका विभिन्न ४१ वटा ठेक्कालाई रुग्ण घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि गत माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभाग अन्तर्गत सञ्चालित २ सय ३५ आयोजनालाई रुग्ण घोषणा गरेपनि विभाग आफैंले ४१ योजनालाई मात्रै रुग्ण घोषणा गरेको हो ।


Advertisment
Nabil box
Kumari

ठेक्का सम्झौताको म्याद समेत सकिएको र नयाँ ठेक्का सम्झौता समेत नविकरण नभएका कारण रुग्ण घोषणा गरिएको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ ।

Vianet communication

विभागका अनुसार नदी नियन्त्रण कार्यक्रम अन्तर्गत महोत्तरीमा मात्रै ३ वटा आयोजना रुग्ण अवस्थामा रहेका छन् । जनताको तटबन्ध कार्यक्रम २ नम्बर फिल्ड कार्यालयका ३ वटा आयोजना अलपत्र रहेका र नयाँ ठेक्का सम्झौता पनि नविकरण नभएका कारण रुग्ण घोषणा गरिएको विभागले जनाएको छ ।

जनताको तटबन्ध कार्यक्रम अन्तर्गत नदी नियन्त्रणका लागि सिँचाइ विभाग र आशिष कन्सट्रक्सनबीच २०६८ फागुन ४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०६९ पुस १५ गते काम सम्पन्न हुनुपर्ने भएपनि हालसम्म सम्पन्न नभएको विभागले जनाएको छ ।

विभागका अनुसार धनुषाको कमला नदी नियन्त्रण आयोजना, सर्लाही तथा रौतहटको बागमती तथा लालबकैया नदी निन्त्रण आयोजना, सुर्खेतको घाटगाउँ सिँचाइ आयोजना, कालिकोटको सुटकिया उपआयोजना, घुन्खया उपआयोजना र खातिकुलो सिँचाइ आयोजना लगायतका अन्य आयोजना समेत रुग्णको सूचीमा रहेका छन् ।

धनुषा, सर्लाही, रौतहट, सुर्खेत, कालिकोट, दैलेख, कैलाली, रुपन्देही, कञ्चनपुर, सुनसरी, बाँके, बर्दिया लगायतका जिल्लामा विभिन्न सिँचाइका आयोजना निर्माणका लागि सरकार र ठेकेदारबीच भएको सम्झौता अनुसार काम सम्पन्न नभएको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ ।

विभागले रौतहट र सर्लाहीको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना निर्माणका लागि ‘जगत निर्माण सेवा’ कम्पनीसँग २०६७ साउन २ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार आयोजनाको काम २०७४ असार ५ गते सकिनुपर्ने हो । आयोजनाको प्रगति ४८ प्रतिशत मात्रै भएको तथा मुआब्जा विवाद रहेको र समस्या सल्टाउने प्रयास भइरहेको विभागले जनाएको छ । ‘बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको मुआब्जा दिइसकिएको, मुआब्जा वितरणमा चित्त नबुझेकाले विवाद रहेको र विवाद सल्टाएर काम गर्ने वातावरण बनाउने प्रयास भइरहेको छ,’ विभागले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

विभागले अन्य कतिपय आयोजनाको काम समेत सम्झौता अनुसार नभएपछि ठेकेदारको धरौटी जफत गरिएको र ठेक्का सम्झौता समाप्त गरेको उल्लेख गरेको छ । धरौटी जफत हुने ठेकेदारमा ललितपुरको इभान्शुइभा भाग्मानी जेभी रहेको छ । कतिपय आयोजनालाई प्रदेश अन्तर्गत हस्तान्तरण गरिएको समेत विभागले जनाएको छ ।

यसअघि गत माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतका १८ अर्ब ६६ करोड रुपैयाँ बराबरका विभिन्न आयोजनालाई रुग्ण घोषणा गरेको थियो । अख्तियारले २०७५ मंसिरसम्म काम सम्पन्न नभएका र ठेक्का सम्झौता समेत नविकरण नभएका आयोजनालाई रुग्ण घोषणा गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x