२१ असार २०८३, आइतबार

एक अर्ब ५३ करोड राजश्व संकलन

बैशाख १६, २०७६
एक अर्ब ५३ करोड राजश्व संकलन

हेटौंडा- नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौंडाले चालू आर्थिक वर्षको नौ महिनामा विद्युत् बिल भुक्तानीबाट एक अर्ब ५३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । 

हेटौंडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौंडामा ५४ हजार ग्राहक रहेको र उनीहरूले मासिक करीब १७ करोड विद्युत् खपत गरे बापत राजश्व बुझाउने गरेको बताइएको छ ।

साथै वितरण केन्द्रको करीब ५० लाख बिल ई सेवामार्फत राजश्व संकलन भइरहेको छ । त्यस्तै प्राधिकरणले हेटौंडा क्षेत्रभित्र रहेको १४० वटा उद्योगलाई ठूला ग्राहकका रूपमा राखेर विशेष सेवासमेत प्रदान गरिरहेको छ । वितरण केन्द्र अन्तर्गतका सो उद्योगको रिमोर्ट मिटरबाट मिटर रिडिङ गर्ने गरेका छ ।

केन्द्रका प्रमुख शम्भु कुसियतका अनुसार ग्राहकले निवेदन दिए लगतै विद्युत् मिटर जडान हुने गरेको र अन्य प्राविधिक तथा प्रशासनिक काम योजनाबद्ध  तरिकाबाट भइरहेको छ । त्यस्तै केन्द्रले ई सेवामार्फत मासिक चार हजार ग्राहकले विद्युत् बिल भुक्तानी गरिरहेको जनाएको छ । 

 विद्युत् चोरी तथा चुहावट रोक्न निरन्तर अनुगमन कार्य भइरकेको पनि केन्द्रले जनाएको छ । यसैबीच प्राविधिक रूपमा भइरहेका विद्युत् चुहावट रोक्न क्षेत्रीय विद्युत् कार्यालय हेटौंडाद्वारा मातहतका कार्यालयबीच छलफलको आयोजना गर्‍यो । सो कार्यक्रममा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका १३ वटा कार्यालयका प्रमुख एवं प्रतिनिधिले प्राविधिक रूपमा चुहावट हुने विद्युत्को विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्