०३ असार २०८३, बुधबार

मुख्यमन्त्रीलाई लक्षित गरी कुनै विष्फोट भएको छैन - प्रेस सल्लाहकार केसी

बैशाख १६, २०७६
मुख्यमन्त्रीलाई लक्षित गरी कुनै विष्फोट भएको छैन - प्रेस सल्लाहकार केसी

बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले 'मुख्यमन्त्रीमाथि लक्षित गर्दै बम प्रहार भएको' समाचारमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया र पार्टी कार्यकर्ता प्रशिक्षणका लागि रोल्पा सदरमुकाम लिवाङ आइपुगेका मुख्यमन्त्रीलाई लक्षित गरी कुनै विष्फोट नभएको बताएका हुन् ।

साथै केसीले भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेका छन् । कार्यक्रम निकै शान्त र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको केसीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्