०३ असार २०८३, बुधबार

बोइङ ७३७ म्याक्स जहाजमा देखिएको समस्याबारे जानकारी भएर पनि अमेरिकाले वास्तविकता लुकायो

बैशाख १६, २०७६
बोइङ ७३७ म्याक्स जहाजमा देखिएको समस्याबारे जानकारी भएर पनि अमेरिकाले वास्तविकता लुकायो

बोइङ ७३७ म्याक्स जहाजमा देखिएको समस्या अमेरिकाले १ वर्षअघि नै थाहा पाएको खुलासा भएको छ । 
 विमानको उक्त समस्याबारे अमेरिकी वायु नियामकका केही अधिकारी एक वर्ष अघिनै जानकार रहेको कुरा बाहिर आएको हो । 

अघिल्लो वर्ष अक्टोबरमा इण्डोनेसियामा भएको लायन एअरको विमान दुर्घटना र यही वर्षको मार्चमा इथियोपिया एयरलाईनको विमान दुर्घटनाको कारणमा अनुसन्धानदाताले बोइंग ७३७ म्याक्सले जहाजको ‘एन्टी–स्टल’ प्रणालीलाई जिम्मेबार देखाएका छन् । 
एक स्रोतका अनुसार अघिल्लो वर्षनै अमेरिकाको ‘फेडरल एभियसन एडमिनिस्ट्रेसन’ले विमानको उक्त प्रणालीमा खराबी रहेको पहिचान गरेको थियो । सो संस्थाका अनुगमनकर्ताले उक्त प्रणालीको संकेत ककपिटमा रहेका क्रु सदस्यलाई सही कुरा बताउन असफल भएको पाएका थिए । 
ती जाँचकर्ताले साउथ–वेस्ट एयरलाइन्सका बोइङ ७३७ म्याक्सको अनुसन्धान गरेका थिए । सो एयरलाइन्स बोइंग म्याक्स जहाजको सबैभन्दा ठूलो खरिदकर्ता हो । एयरलाइन्ससँग बोइङका ३४ विमान छन् । 
१८९ यात्रुको मृत्यु भएको लायन्स इयरको दुर्घटना अघि उक्त अनुगमन भएको थियो । अनुगमनमा उक्त सिग्नल ‘सबै म्याक्स विमानमा काम गरेको जस्तो देखिएको’ थियो । यहाँसम्म कि कक–पिटमा रहेकाले स्वीच–अफ गर्दा समेत सिंग्नल देखिएको साउथ–वेस्टकी प्रवक्ताले बताइन् ।  
ति प्रवक्ताका अनुसार दुर्घटनापछि बोइङले साउथ–वेस्टलाई सम्पर्क गरेर सिंग्नल ‘टर्न अननै गर्दाबाहेक बन्द रहने’ भएपछि सबै विमानमा सिग्नल सधैं खुल्ला देखिने व्यवस्था गरिएको बताएको थियो । 
त्यसपछि बोइङले कमसल खालको सतर्कता प्रणाली बनाउने निर्णय गरेको अनुगमनकर्ताले थाहा पाए । तर कम्पनीले सो कुराको जानकारी साउथ–वेस्ट एयरलाई थाहा नदिई गरेका थिए । 
यो जानकारी पाएपछि अनुगमनकर्ताले ती विमान उडाउन अयोग्य सिफारिस गर्ने सोचेको तर सँगसँगै पाइटललाई विमानको अलर्ट प्रणालीबारे अतिरिक्त तालिम दिदाँ पनि प्रयाप्त हुन्छ कि भन्ने विकल्पमा पनि सोचेको बताए । 
तिनले दोस्रो विकल्प उपयुक्त नभएको निर्णय गरे तर तिनले आफ्नो खोजलाई एफएएका माथिल्ला अधिकारीकहाँ पु¥याएनन् ।

salt training

कमेन्ट गर्नुहोस्