०१ असार २०८३, सोमबार

लामो समयदेखि फरार प्रतिवादीहरु पक्राउ, लेक लागेर विदेशीको मृत्यु

बैशाख १६, २०७६
लामो समयदेखि फरार प्रतिवादीहरु पक्राउ, लेक लागेर विदेशीको मृत्यु

काठमाडाैं-कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ५९ वर्षीय बमबहादुर बिक, सोही ठाउँ बस्ने ३४ वर्षीय हेम डल्ला बिक र  ४० वर्षीय सार्की बिक रहेका छन् । उनीहरुमध्ये बमबहादुर आइतबारधादिङ तिप्लिङ कामीगाउँबाट, हेम आइतबार रसुवाको आमा छोदुङ गाउँपालिका-५ प्राजुङबाट र सार्की गत बुधबार काठमाडौं गौशालाबाट पक्राउ परेका हुन् ।  

जिल्ला अदालत धादिङको २०७४ मंसिर १९ गतेको फैसला अनुसारकर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बमबहादुरलाई २० वर्ष, हेम डल्लालाई २० वर्ष र सार्कीलाई २ वर्ष कैद सजाय तोकिएको थियो । 

बिक समेतका ८ जनाले २०६३ कार्तिकमा धादिङ तिप्लिङ कामीगाउँबस्ने २७ वर्षीय देवबहादुर बिकलाई देउसी खेल्न जाउँ भन्दा बिरामी भएकोले नमानेको कारण कुटपिट गरी घाइते बनाएकोमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । मृत्यु भए पश्चात् प्रतिवादीहरुले शवलाई सोही ठाउँस्थित चिमडाँडामा लगेर जलाई नष्ट गरेका थिए । 

धादिङ जिल्ला अदालतकै फैसलाले घटनामा संलग्न धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ४५ वर्षीय पुर्ण बहादुर बिक२०६४ भदौ ११ गते र सोही ठाउँ बस्ने ३१ वर्षीय मंगले कामी भन्ने डिल बहादुर बिक २०७३ जेठ ३ गते पक्राउ परी कारागार चलान भइसकेका छन् । 

यता सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेस्थित होटल मदरअर्थमा  नेपाल भ्रमणमा आएका पोल्यान्डका नागरिकको लेक लागेर सोमबार बिहान मृत्यु भएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्