१३ असार २०८३, शनिबार

फर्किए क्रिकेटका हिरोहरु, विमानस्थलमा भव्य स्वागत

बैशाख १६, २०७६
फर्किए क्रिकेटका हिरोहरु, विमानस्थलमा भव्य स्वागत
काठमाडौँ–थाइल्याण्डमा सम्पन्न एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली आज स्वदेश फर्किएको छ । 
 
उपाधि जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र उपाध्यक्ष पीताम्बर तिम्सिना, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 
 थाइल्याण्डको चियाङमाइमा आइतबार सम्पन्न फाइलनमा नेपालले मलेसियालाई पराजित गर्दै उपाधि जितेको हो । प्रशिक्षक वसन्त शाहीले युवा खेलाडी क्षमतावान र मेहनती भएकाले उपाधि रक्षा गर्न सफल भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्