२३ असार २०८३, मंगलबार

बिहेमा मामाघर गएका बालक अपहरित, सप्तरीमा एकपछि अर्को अपहरण

बैशाख १६, २०७६
बिहेमा मामाघर गएका बालक अपहरित, सप्तरीमा एकपछि अर्को अपहरण
सन्दर्भ तस्वीर

सप्तरी–मामाघर बिहेमा गएका सप्तरीको राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक बेपता भएका छन् ।

स्थानीय बालक लक्ष्मण यादवलाई राति मोटरसाइकलमा आएका केही व्यक्तिले विवाह भइरहेको स्थानबाट कसैले अपहरण गरिलगेको लक्ष्मणका मामा भोलेन्द्र यादवले बताए । 
 आफ्नै गाउँमा भइरहेको मामाको बिहेमा लक्ष्मण जन्ती गएका बेला केही व्यक्तिले उनलाई अपहरण गरेर लगेको हुन सक्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । 
    
    विवाहको जन्तीबाटै बेपता भएका बालकका मामा भोलेन्द्र प्रहरी जवान रहेका स्थानीयवासीले जनाएको छ । यता लक्ष्मणका परिवारजनले जिल्ला प्रहरी कार्यालयमा बालकको हुलिया जाहेरी दिँदै खोजीका लागि प्रहरीसँग गुहार मागेका छन् । सप्तरीमा बालबालिका हराउने र अपहरणमा पर्नेको सङ्ख्या बढदै गएको प्रहरीको भनाइ छ । 

यसैबीच बेपत्ता भई अपहरणमा परेका बालकका विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै बालकको खोजी तीव्र पारेको प्रहरी उपरीक्षक विष्टले बताए । 
 त्यस्तै विगत दुई सातादेखि सप्तरीको रुपनी गाउँपालिकाबाट बेपत्ता भएकी एक बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

स्थानीयवासी विष्णुदेव सरदारका १६ वर्षीया छोरी आरती गत चैत ३० गतेदेखि बेपत्ता भएका थिइन् । 
उनको परिवारजनको जाहेरीका आधारमा खोजी गर्दा रौतहटको चन्द्रनिगाहपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्