२८ असार २०८३, आइतबार

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन लगाए जनप्रतिनिधिले ताला

बैशाख १६, २०७६
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन लगाए जनप्रतिनिधिले ताला

सप्तरी– सप्तकोशी नगरपालिकाका जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

नगर उपप्रमुख आशा चौधरीको नेतृत्वमा पुगेको वडाध्यक्षसहितको टोलीले  जनप्रतिनिधिले जनताको काम रोकेको भन्दै तालाबन्दी गरेका हुन् । गत पुसदेखि निमित्त कार्यालय प्रमुख रहनुभएका चौधरीले व्यक्तिगत अपेक्षा पूरा नभएपछि जनताको काम रोकी नगरपालिकाको कामकाज प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको वडा नं १ का वडाध्यक्ष नारायण आचार्यले बताउनुभयो । “काम नगरेकाले तालाबन्दी गरेका हौँ”, आचार्यले भन्नुभयो । नगरपालिकाका कार्यालय प्रमुख राजकपुर चौलागाईं सरुवा भई अन्यत्र गएपछि शिक्षा शाखाका उपसचिव चौधरी निमित्त कार्यालय प्रमुख हुनुभएको थियो । वडा सदस्य जाहिर हुसेनका अनुसार चौधरी कार्यालय प्रमुख भएका बेलाका ३९ योजना र सम्झौता अधुरै छन् । प्रमुख प्रशासकीय अधिकृतका रुपमा चैत १८ गते कार्यालयमा हाजिर भएलगत्तै वासुदेव रेग्मीले पनि चौधरीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर बिदामा बस्नुभएको छ । रेग्मीले पुराना मितिका फाइल तत्कालीन निमित्त कार्यालय प्रमुखले सम्पन्न गर्नुपर्ने र आफू हाजिर भएपछिका फाइलको जिम्मेवारी मात्र आफूले लिने भन्दै बिदामा बसेको जनप्रतिनिधिको भनाइ छ । निमित्त कार्यालय प्रमुख चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोवार गर्ने अख्तियारी नपाएकाले काम गर्न नसकिएको बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्