२८ असार २०८३, आइतबार

घरको सवैतिर वाइफाई नटिपेर हैरान हुनुन्छ भने यो उपाय अपनाउनुस्

बैशाख १६, २०७६
घरको सवैतिर वाइफाई नटिपेर हैरान हुनुन्छ भने यो उपाय अपनाउनुस्

 घरमा इन्टरनेट जोडेपनि घरको सबै कोठामा वाइफाइ नपुगेर चिन्तित हुनुहुन्छ ? त्यस्तो चिन्ताले सताएको छ भने अव मुक्त हुनुहोस् । किनकी वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ ।

घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको डेड स्पट या सिग्नल नभएको ठाउँको समस्या समाधानका लागि प्रयोग गर्न सकिन्छ ।

यसका लागि वाईफाई सिग्नल एक्सटेन्डरबाट पनि काम गर्न सकिन्छ । तर उनीहरु राउटरबाट आएको सिग्नललाई वायरलेस प्रविधिबाट कनेक्ट गर्छन् । 

वाईफाई राउटरमा तार जोडेमा त्यसको सिग्नल थप बलियो हुन सक्छ । यस्तो राउटरको सिग्नललाई घरको सबै भागमा पुर्याउनका लागि त्यसको सफ्टवेयरमा केही फेरबलद गर्नुपर्छ । घरमा इन्टरनेटको तार जोडिएको छ भने पुरानो राउटरबाट थप अर्को एक्सेस प्वाइन्ट बनाउन सकिन्छ । तर तार जोडिएको छैन भने पुरानो राउटरबाट रिपिटर बनाउनु राम्रो हुन्छ ।

यसका लागि सबैभन्दा पहिले बिजुलीमा कनेक्ट गरेर रिसेट बटनलाई झण्डै तीस सेकेण्डसम्म थिच्नु पर्छ । त्यसपछि राउटर रिसेट हुन्छ । यसपछि घण् सेकेण्डकालागि बिजुलीसँगको कनेक्सन हटाएर बटनलाई थिच्नु पर्छ । त्यसपछि राउटरलाई बिजुलीसँग फेरि जोडेर रिसेट बटनलाई फेरि ३० सेकेण्डसम्म थिच्नुपर्छ । 

यसपछि राउटरको सेटिङ पूरा हुन्छ । घरको जुन ठाउँमा वाईफाईको सिग्नल कमजोर हुन्छ, त्यहाँ यसरी रिसेट गरेको राउटर राख्नु पर्छ । एक पटक यो राउटर बेस राउटरसँग कनेक्ट भएपछि सबै ठाउँमा वाईफाईको सिग्नल राम्रो हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्