
काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अपरेश रोकिएको छ ।
आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले सोमाबार बिहानदेखि काम नगरेपछि अधिकांश अपरेशन स्थगित भएको ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले जानकारी दिए । यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।