०६ असार २०८३, शनिबार

एनजीओलाई कारबाही गर्न सरकार डरायो

बैशाख १७, २०७६
एनजीओलाई कारबाही गर्न सरकार डरायो

काठमाडौं–नेपालका विभिन्न गैरसरकारी संस्था (एनजीओ)ले सरकारलाई छलेर आफूखुसी ६ अर्ब ३८ करोडभन्दा बढी रकम खर्च गरे पनि ती संस्थाको खोजतलास गरी कारबाही गर्न सरकारले बेवास्ता गरेको छ ।

सरकारका अधिकारीहरूमाथि गैरसरकारी संस्थाका व्यक्ति हावी हुने गरेकाले सरकारी निकाय गैरसरकारी संस्थामाथि कारबाही गर्न असफल हुँदै आएका हुन् ।

एनजीओले सरकारलाई छल्दै अर्बौं रुपैयाँ खर्चदासमेत अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, तथा गृह मन्त्रालय कसैले पनि ती एनजीओविरुद्ध छानबिन र कारबाही थाल्न सकेका छैनन् ।

देशमा रहेका विभिन्न गैरसरकारी संस्थाले गत तीन वर्षको अवधिमा अर्थ मन्त्रालयको सहायता व्यवस्थापन सूचना प्रणाली( एएमपी) र समाजकल्याण परिषद्समेतलाई थाहै नदिई दाताबाट रकम ल्याएर त्यति ठूलो रकम आफूखुसी खर्च गरेका हुन् । 

राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्