१४ असार २०८३, आइतबार

अवैध कपडासहित एक पक्राउ

बैशाख १७, २०७६
अवैध कपडासहित एक पक्राउ

सिरहा- प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट रु डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–४ स्थित बताहाखोला नजिकैबाट ‘लेडिजसुट’ र साडीलगायतका तीन बोरा अवैध कपडासहित सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी २६ वर्षीय कमलेश महतोलाई पक्राउ गरेको हो ।

भारतबाट स४प १२१ नंको मोटरसाइकलमा अवैधरूपले कपडा ल्याइरहेको अवस्थामा कपडासहित महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

बरामद सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रवक्ता खरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्