१३ असार २०८३, शनिबार

रणवीरसँग हुँदा निकै सहज अनुभव गर्छु : आलिया भट्ट

बैशाख १७, २०७६
रणवीरसँग हुँदा निकै सहज अनुभव गर्छु : आलिया भट्ट

काठमाडौं – अलिया भट्ट र रणवीर कपूर अहिले प्रेममा चुर्लुम्म डुबेका छन् । उनीहरूले एकअर्काप्रतिको प्रेम अनेकौं अवसरमा प्रकट गरिसकेका छन् । 

पुरस्कार समारोह, विभिन्न कार्यक्रम वा बिहेहरूमा उनीहरू क्युट पारामा हातमा हात राखेर हिँडिरहेका भेटिन्छन् । उनीहरू लजाएको र मुस्काएकोले नै सबै कुरा स्पष्ट भनिदिन्छ । 

आलिया भट्टको पछिल्लो फिल्म कलंक फ्लप भएपछि उनले असफलतालाई स्वीकार गरिन् र अर्को फिल्म ब्रह्मास्त्रको कुरा झिकिन् । ब्रह्मास्त्रमा उनी रणवीर कपूरसँग देखिँदैछिन् । पिंकभिल्लासँगको अन्तर्वार्तामा आलियाले रणवीरसँगको सहकार्यका बारेमा खुलेर कुरा गरिन् । 

उनले भनिन्, ‘ऊ र म पहिलोपटक एउटै फिल्ममा काम गरिरहेका छौं र म यसमा वास्तवमै खुशी छु । कुनै बेलामा म सोच्थें – उससित कहिले काम गर्न पाउँछु होला भनेर ।’

‘पाँच वर्षअघि ब्रह्मास्त्रको कन्सेप्ट ल्याइएको थियो । त्यतिखेरैदेखि फिल्म निर्देशक आर्यन र मबीच मित्रता गाँसियो । उनले मलाई फिल्ममा खेल्ने अफर दिएपछि त्यो मेरा लागि निकै ठूलो कुरा भयो । त्यतिखेर म स्टार भइसकेकी थिइनँ तैपनि उनले मलाई विश्वास गरे । म र रणवीर सँगै आउँदा एक किसिमको जादू छायो । मैले ब्रह्मास्त्र चल्ने आशामा यो कुरा भनेकी हुँ र घमण्ड गरेको हैन ।’

‘रणवीरले मलाई भिन्न अनुभव गराउँछन् । म आफ्नो निजी जीवनका बारेमा कुरा गर्न त मन पराउँदिनँ तर उससँग बस्दा मलाई निकै सहज अनुभव हुन्छ । ऊ गजबको मान्छे हो र म उससँग दिनदिनै नयाँ नयाँ कुरा सिकिरहेकी हुन्छु । म अहिले व्यावसायिक र निजी दुवै क्षेत्रमा आनन्दको अनुभव गरिरहेको छु ।’

ब्रह्मास्त्र अर्को वर्ष रिलिज हुन लागेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्