
काठमाडौं- हेटौंडामा स्थापना भएको रिद्धी सिद्धि सिमेन्टले भर्खरै मात्रमा बजारमा ल्याएको ओपीसी सिमेन्टको बारेमा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा निर्माण व्यवसायीहरूसँग भेटघाट गरेको छ ।
वैशाख १५ गते आइतवार पोखरास्थित सिटी स्क्वायर बैंक्वेटमा निर्माण व्यवसायीहरूसँग भेटघाट एवं अन्तर्क्रिया गरेको हो ।
कार्यक्रममा सम्पूर्ण उपस्थित निर्माण व्यवसायी हरुलाई रिद्धी सिद्धी सिमेन्टको प्रयोग तथा यसको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका गण्डकी प्रदेश प्रतिनिधि पवन राज बरालले बताए ।
कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले रिद्धी सिद्धि सिमेन्टले प्रयोगमा ल्याएको नविनतम प्रविधिले नेपाली सिमेन्ट बजारमा नयाँ किसिमको आयाम खडा गर्ने कुरामा जोड दिदै कम्पनीको मुल नारा नै 'गुणस्तरको नयाँ स्तर' रहेको जनाएका थिए । कार्यक्रम ब्राण्ड म्यानेजर महतले यसको उपयोगिता, यसको उचित प्रयोग तथा गुणस्तरबारे चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितिका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष राम बहादुर गुरुङले रिद्धी सिद्ध सिमेन्टले प्रयोगमा ल्याएको रोबो ल्याब एवं लेजरशिल प्रविधिले मानवीय त्रुटिबाट हुन सक्ने समस्या रोक्ने भएकाले छिट्टै उपभोक्तको मन जित्नुको साथै बजारमा हुने गरेका सिमेन्ट चुहावट नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएका थिए ।