
अमेरिका, २ पुस - अमेरिकी ड्रोनलाई चीनले नियन्त्रणमा लिएसँग चीन र अमेरिकाबीचको सम्बन्धमा तिक्तता बढ्ने आशंका गरिएको छ ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया जनाएका छन् ।
शनिबार ट्वीट गर्दै उनले भनेका छन्, अन्तराष्ट्रिय जल सीमा मा चीनले अमेरिकाको नेवी रिसर्च ड्रोन चोरेको छ, यस्तो पहिला कहिल्यै भएको थिएन ।
डोनाल्ड ट्रम्पले केही समय अघि मात्र ताइवानका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए जसमा चीनले आपत्ति जनाएको थियो ।
चिनियाँ नौसेनाले दक्षिण चीन सागरमा समुन्द्र भित्र रहेको अमेरिकी ड्रोन नियन्त्रणमा लिएको थियो । पेन्टागनले चिनियाँ कदमलाई गम्भिरता पूर्वक लिएको बताएको छ ।