०४ असार २०८३, बिहीबार

यसरी अतिक्रमण भयो सिंहदरबारकै ४६ रोपनी जग्गा

बैशाख १९, २०७६
यसरी अतिक्रमण भयो सिंहदरबारकै ४६ रोपनी जग्गा

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारकै जग्गा अतिक्रमण भएकोबारे खबर छापेको छ । 
सिंहदरबरको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र बनाएर दुबैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टी आफ्नो निजी जग्गा जोगाउन एकतर्फी गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्