०२ असार २०८३, मंगलबार

राष्ट्रपति स्वदेश आउँदा पनि दुई अन्तर्राष्ट्रिय उडान फिर्ता, गौशालामा राष्ट्रपतिविरुद्ध हुटिङ

बैशाख १९, २०७६
राष्ट्रपति स्वदेश आउँदा पनि दुई अन्तर्राष्ट्रिय उडान फिर्ता, गौशालामा राष्ट्रपतिविरुद्ध हुटिङ

काठमाडौं– चीनको आठदिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन् । 

राष्ट्रपतिको आगमनका कारण बुधबार दुई जहाज डाइभर्ट मात्रै भएनन् बिहान साढे १० बजेपछिका दुई सय बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका पछाडि धकेलिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । यस्तै संयुक्त राष्ट्रसंघको चार्टड विमान पनि आकाशमै होल्ड भयो । 

यसैबीच राष्ट्रपति विमानस्थलबाट निवास फर्किँदा सडक अवरुद्ध भएपछि सवारी चालकले हर्न बजाएर विरोध गरेका छन् । गौशालामा त हुटिङ समेत भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्