२३ असार २०८३, मंगलबार

कम्युनिष्टले निषेधको राजनीति गरेर मुठभेड निम्त्याउन खोज्यो : डा. कोइराला

बैशाख १९, २०७६
कम्युनिष्टले निषेधको राजनीति गरेर मुठभेड निम्त्याउन खोज्यो : डा. कोइराला

काभ्रे- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेर कांग्रेससँग मुठभेड निम्त्याएको बताएका छन् । कोइरालाले आफूहरू प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनि सरकार दुईतिहाइको दम्भले अगाडि बढिरहेको बताएका हुन् । सरकारको दम्भले सीमा नाघेको बताउदै अब कांग्रेस चुप लागेर नबस्ने पनि बताए । 

कम्युनिष्टहरूको ज्यादतीका विरुद्ध लड्ने समय आएको बताउँदै कोइरालाले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेपाली कांग्रेस भुम्लु गाउॅपालिकाले काभ्रेको सल्लेमा गरेको आमसभालाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीभित्र केही वैचारिक मतभेद रहेपनि कम्युनिष्टका विरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको उल्लेख गरे ।

पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदिप पौडेल, बहादुरसिंह तामाङ, शिव हुमागाई र काभ्रे कांग्रेसका सभापति मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरू भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्