१२ असार २०८३, शुक्रबार

टिप्परको लियो युवतीको ज्यान

बैशाख १९, २०७६
टिप्परको लियो युवतीको ज्यान

बुटवल- बुटवल–१ जितगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको मोटरसाइकलमा सवार पुष्पा भण्डारीलाई बुटवलबाटै पश्चिमतर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएको जनाइएको छ ।

बुटवल- १२ तामनगरीको भण्डारीको टिप्परको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । 

आफ्नै बुवा घनश्याम भण्डारीसँग मोटरसाइकलको पछाडि बसेकी उनलाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो । उनीहरू कलेजबाट घर फर्किँदै थिए । टिप्परको ठक्करबाट छोरी पुष्पाको घटनास्थलमै ज्यान गएको र बाबु घनश्याम सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ । प्रहरीले ठक्कर दिने लु २ ख १९०३ टिप्परलाई नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्