०८ असार २०८३, सोमबार

रक्सीले चुर भएपछि हात्तीलाई गरे किस, पुगे अस्पताल

बैशाख १९, २०७६
रक्सीले चुर भएपछि हात्तीलाई गरे किस, पुगे अस्पताल

काठमाडौं – भारतको कर्नाटक राज्यमा रक्सीले चुर भएका २४ वर्षीय एक व्यक्तिले हात्तीलाई चुम्ने हुँदा अस्पताल पुग्नुपरेको छ । 

फिल्मी शैलीमा चुम्बन लिनका लागि ऊ हात्तीनजिक पुगेको थियो । 

बेंगलुरुभन्दा ५० किलोमिटर पर मालूर इलाकामा यो घटना भएको हो । 

जंगल र प्रहरी विभागका अधिकारीहरू ६ वटा हात्तीको झुण्डलाई कर्नाटक तमिलनाडु सीमाको जंगलतर्फ लान खोज्दैथिए । एक हप्तादेखि हात्तीका यी झुण्डलाई जंगल फर्काउनका लागि निकै प्रयास गरिएको थियो । हात्तीहरूले डीएन डोड्डी गाउँनजिक आँपको बगैंचा र काँक्रोको खेतमा निकै हानि पु–याएका थिए । कडा निर्देशन भए पनि स्थानीयहरू वन विभागको कारवाहीमा संलग्न हुन पुगे । 

वन विभागका सूत्रहरूले बताए, ‘डीएन डोड्डी गाउँनजिक हात्तीहरूको तस्वीर खिच्न धेरै मानिस भेला भए । केहीले सेल्फी लिने प्रयास पनि गरे । तर भीड देखेर हात्तीको झुण्ड भड्कियो । हात्तीले मानिसलाई लखेटेपछि उनीहरू भागे ।’

‘पछि राजु नामक एक युवकको अनुहारबाट रगत बगिरहेको देखियो । ऊ केही पनि बोल्न सकिरहेको थिएन । हामीले उसलाई तत्कालै अस्पताल लग्यौं । हात्ती आक्रमणबाट भाग्न खोज्दा ऊ रुखमा ठोकिन पुगेको थियो ।’

तर गाउँलेहरूले बताएअनुसार, राजु हात्तीहरूको निकै नजिक पुगेको थियो । घटना हुनुभन्दा केही मिनेटअघि उसले आफ्ना साथीहरूलाई एउटा कन्नड फिल्मको बारेमा कुरा गरिरहेको थियो । त्यसमा हिरोले एउटा हात्तीलाई किस गरेको दृश्य छ । ऊ पनि रक्सीले चुर भएर हात्तीलाई किस गर्न पुगेको थियो तर हात्तीले उसलाई घाइते बनाइदियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्