०२ असार २०८३, मंगलबार

जनतालाई सिंहदरबार देखाइदिउँ न त भनेर संघीयतामा गएका हौँ - संचारमन्त्री बास्कोटा

बैशाख १९, २०७६
जनतालाई सिंहदरबार देखाइदिउँ न त भनेर संघीयतामा गएका हौँ - संचारमन्त्री बास्कोटा

काठमाडौँ -संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जनताको आँगनमा सिंहदरबार देखाउनका लागि नेपाल संघीयतामा प्रवेश गरेको बताएका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै बास्कोटाले नेपालको संघीयता सोभियत संघ जस्तो नभएको टिप्पणी गरेका हुन् ।

'एउटा सग्लो देशबाट प्रशासनिक एकाई बाँडेका हौँ,' बास्कोटाले भने, 'जनताको आँगनमा सिंहदरबार देखाउनका लागि गर्या हो यो । एउटा केन्द्रीकृत देश थियो, त्यसलाई हामीले विभिन्न एकाइमा बाँड्यौं, त्यसलाई स्थानीय, प्रदेश र केन्द्रको नाम दियौं ।'

बास्कोटाले दुई नम्बर प्रदेशका लागि छुट्टै केही व्यवस्था गर्न लागिएको नभई संघीयताको मान्यता अनुसार सरकारले निश्चित विधि र मापदण्ड अनुसार सबै प्रदेशका लागि काम गर्ने बताए ।

केही दिनअघि गृहमन्त्री रामबहादुर थापा 'बादल'ले दुई नम्बर प्रदेशमा आयोजित सुरक्षा गोष्ठीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) संघ मातहतमै हुनुपर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्