०४ असार २०८३, बिहीबार

अचानक टायर गुडेर आउँदा मोटरसाइकल दुर्घटना

बैशाख १९, २०७६
अचानक टायर गुडेर आउँदा मोटरसाइकल दुर्घटना

   विदुर– नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् । 

पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । 
    
दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ । प्रहरीका अनुसार घाइते जयरााको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार भएको र मखमलीलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्