०६ असार २०८३, शनिबार

नेपालमा यसरी पर्नेछ शक्तिशाली चक्रवात ‘फानी’ को असर

बैशाख २०, २०७६
नेपालमा यसरी पर्नेछ शक्तिशाली चक्रवात ‘फानी’ को असर

काठमाडौं– शक्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ ।

महाशाखाका अनुसार उक्त प्रणाली भारतको विहार हुँदै विराटनगर वा त्यस आसपासबाट शुक्रबार नेपाल भित्रिने देखिएको छ । ‘त्यो प्रणालीसँगै घुमेर आएको बादलले नेपालमा असर निम्त्याउने हो,’ मौसमविद् पौडेलले भने, ‘शनिबारसम्मै हावाहुरीसहित भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’ पूर्वी नेपालको हिमाली भूभागमा पनि मध्यदेखि भारी हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले भनेको छ । भारतको विहार, भुटानमा समेत यसले असर निम्त्याउने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्