३० जेठ २०८३, शनिबार

नेपाललाई मध्यमस्तरको मुलुक बनाउने घोषणा हुँदै

बैशाख २०, २०७६
नेपाललाई मध्यमस्तरको मुलुक बनाउने घोषणा हुँदै

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि समृद्धिको सुरुवाती वर्षका रूपमा अगाडि बढाउने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सरकारले एक दशकमा मुलुकलाई समृद्ध मुलुकका रूपमा विकास गर्ने कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।
संघीय संसद्को आज (शुक्रबार) अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा समृद्धको आधार वर्ष पूरा भएको र अब समृद्धि सुरु हुने घोषणा गर्ने कार्यक्रम तय भएको छ । आगामी ५ वर्षमा आर्थिक वृद्धि दोहोरो अंकमा पु¥याउने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुने भएको छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा अबको १० वर्षमा नेपाल मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति हुने महत्वाकांक्षी योजना प्रस्तुत गर्ने भएको छ । आर्थिक वृद्धि र प्रत्येक नेपालीको आय बढाउन सरकारको घोषणाअनुसार अहिलेको लगानीलाई दोब्बर बनाउनुपर्ने हुन्छ । यसका लागि सरकारले आर्थिक वृद्धिको संवाहकका रूपमा कृषि ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई पहिचान गरेको छ । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्