०२ असार २०८३, मंगलबार

कसरी बन्यो १ वर्षमै ‘मेरो सरकार’ ? गत वर्ष भनिएको थियो ‘यस सरकार’

बैशाख २०, २०७६
कसरी बन्यो १ वर्षमै ‘मेरो सरकार’ ? गत वर्ष भनिएको थियो ‘यस सरकार’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बोलिरहेको ‘मेरो सरकार’ शब्दले सामाजिक सञ्जालमा आलोचना शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गरिरहेकी छन् । संसद बैठक शुरू भएपछि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीलाई पेश गरेका थिए ।

संसदमा सरकारका नीति प्रस्तुत गर्दा ‘मेरो सरकार’ शब्द उच्चारण हुँदा राजतन्त्रको झल्को आएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । गत वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ओली सरकारले नै ‘यस सरकार’ शब्द प्रयोग गरिएको थियो । 

गत वर्ष प्रस्तुत भएको नीति तथा कार्यक्रमको अंश :-

गत वर्ष ‘यस सरकार’ भनिएकोमा १ वर्षपछि नै प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राजतन्त्रकालमा समेत ‘मेरो सरकार’ भनिने गरेका कारण गणतन्त्रमा राजतन्त्रको झल्को आएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्