काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा मुलुकभरका सबै वडा कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ ।
शुक्रवार आगामी आव २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उक्त घोषणा गरेको हो ।
आगामी आर्थिक वर्षमा विद्युतीय कारोवारलाई व्यवस्थित गर्ने लक्ष्य समेत सरकारले अघि सारेको छ ।
‘सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा विद्युतीय माध्यमबाट गरिने छ । विद्युतीय कारोवारलाई व्यवस्थित गरिने छ । संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सबै वडा कार्यालयमा ब्रोडब्याण्ड पुर्याइने छ ।’