काठमाडौं – भारतको उडिसा राज्यमा आएको फानी आँधीमा परी तीनजनाको मृत्यु भएको छ ।
अहिले यो शक्तिशाली आँधी क्रमशः कमजोर हुँदै गएको छ ।
शुक्रवार बिहान समुद्रबाट फानी आँधी उडिसाको जमीनमा प्रवेश गरेको थियो । त्यहाँ सेना, जलसेना, तटरक्षक तथा राष्ट्रिय विपत राहत बललाई उद्धार तथा राहत कार्यका लागि तयार अवस्थामा राखिएको छ ।
फानीले उडिसाको तटमा जरैसमेत रुख उखेलेको र भवनह भत्काएको छ । दश लाखभन्दा बढी मानिसलाई तटीय क्षेत्रबाट सुरक्षित शिविरहरूमा सारिएको छ ।
बंगालको खाडीमा बनेको फानी सन् २०१४ पछि भारतमा आएको सबभन्दा खतरनाक आँधी हो । यसले आन्ध्र प्रदेश। पश्चिम बंगाल, उत्तरपूर्वी राजयहरू तथा बंगलादेशमा असर पार्ने देखिएको छ ।
एजेन्सी