०९ असार २०८३, मंगलबार

राजधानीको सानेपामा युवतीको विषयमा ग्याङफाइट, एक जनाको ज्यान गयो

बैशाख २०, २०७६
राजधानीको सानेपामा युवतीको विषयमा ग्याङफाइट, एक जनाको ज्यान गयो
सन्दर्भ तस्वीर

काठमाडौं– ललितपुरको सानेपामा युवतीको विषयमा दुई समूहबीच विवादउत्कर्षमा पुगी झडप हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयागपोखरी बस्ने २० वर्षीय अन्सल शाक्य रहेको प्रहरीले जनाएको छ । उनको विपक्षी समूहको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमोरियाले शाक्यको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको पुष्टि गरे । 
शुक्रबार साँझ भएको घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । ग्याङफाइटमा संलग्नहरु लागूऔषध दुर्व्यसनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्