०३ असार २०८३, बुधबार

राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

बैशाख २०, २०७६
राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने  भएको छ । 
सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिए ।
 छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।  त्यसपछि सभामुखले प्रस्ताव गरेको धन्यवाद प्रस्तावको टुङ्गो लाग्नेछ ।

    यस्तै बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई समेत पारित गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्