२३ असार २०८३, मंगलबार

विराटनगर आसपासमा प्रदेश १ को राजधानी रहने, मुख्यमन्त्रीले गरे यस्तो खुलासा

बैशाख २०, २०७६
विराटनगर आसपासमा प्रदेश १ को राजधानी रहने, मुख्यमन्त्रीले गरे यस्तो खुलासा

विराटनगर–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी विराटनगर आसपास क्षेत्रमा रहने गरी टुङगिएको बताएका छन् । 

आज आयोजित पत्रकार भेटघाटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेशस्तरीय बैठकले स्थायी राजधानीको विषयमा निर्णय गरेको र नामकरणका सम्बन्धमा छलफल जारी रहेको उनले बताए । उनले  सबैको भावनालाई सम्बोधन हुने गरी पार्टीले प्रस्ताव तयार पारेको प्रष्ट पारे ।

उनले पार्टीबाट टुङ्ग्याइएको राजधानीको विषयमा संसदीय दलमा छलफल भई सहमति कायम गरी प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलसँग आवश्यक परामर्श गरी  यही वैशाख २२ गते ११ गते बस्ने प्रदेशसभा बैठकमा दर्ता गरी वैशाख २३ गते सार्वजनिक गरिने जानकारी दिए । 

मुख्यमन्त्री राईले प्रदेश नामका सम्बन्धमा पार्टीभित्र छलफल जारी रहेको र राजधानीलाई प्राथमिकता दिई टुङग्याइएको धारणा व्यक्त गरे । उनले वृहत विराट विकास क्षेत्रमा स्मार्ट, स्याटलाइट, स्र्पोट सिटी र अन्तर्राष्टिस्तरको संरचना निर्माण गरिने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्