२० असार २०८३, शनिबार

डैकती प्रकरणमा मुछिएपछि डीएसपी ढुंगेल निलम्बित

बैशाख २१, २०७६
डैकती प्रकरणमा मुछिएपछि डीएसपी ढुंगेल निलम्बित

काठमाडौं–जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् । 

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । 

चैत २६ गते महानगरीय अपराध महाशाखाको टोलीले रानीबारीमा भएको एक डकैटी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँग घटनाअघि डीएसपी ढुंगेलको मोबाइल सम्पर्क र भेटघाट भएको खुलेपछि उनी निलम्बनमा परेका हुन् । 

 श्रेष्ठसहितको समूकालेृ लालेन्द्र लालचनको घरमा पसेर धारिलो हतियार देखाउँदै ५ लाख ६० हजार रुपैयाँ बराबरको लुटपाट गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्